आइएमई जनरल इन्स्योरेन्सको ३४औं शाखा रामेछाप जिल्लाको मन्थलीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइएमई जनरल इन्स्योरेन्सको ३४औं शाखा रामेछाप जिल्लाको मन्थलीमा



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३४औं शाखा रामेछाप जिल्लाको मन्थलीमा संचालनमा ल्याएको छ । आइतबार एक अकार्यक्रमको आयोजना गरी कम्पनीले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा गरे ।

उक्त समारोहमा स्थानीय उद्योगी, व्यापारीहरु, यातायात व्यवसायीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कर्याकारी अधिकृत श्रेष्ठले कम्पनीले छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, सम्पूर्ण कर्मचारी साथीहरु लगायत ग्राहक महानुभावहरुलाई धन्यवाद दिए ।

सोही कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष थापा लगायत स्थानीय उद्योगी तथा व्यावसायीहरुले कम्पनीले स्थानिय स्तरमा सेवा प्रदान गर्नको लागि रामेछापको मन्थलीमा शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीका अध्यक्ष तथा संचालक समिति लगायत व्यवस्थापनलाई धन्यवाद दिंदै कम्पनीको उत्तरोत्तर प्रगतिको कामनाका साथ कम्पनीसंग व्यवसाय विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रकाशित : 23 April, 2018 8:46 am