काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १६० प्रतिशत हकप्रदपछिको मूल्य ६३२ रुपैयाँ तोकेको हो । जसका लागि आधारमूल्य ९०२ रुपैयाँ लिइएको थियो ।
कम्पनीको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औसतभन्दा तल रहेको जनाउछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्वार्थ क्यापिटल लिमिटेड रहेको छ ।
कहाँ-कहाँबाट भर्न सकिन्छ
प्राइम लाईफ इन्स्योरेन्सको हकप्रदमा प्राइम लाईफ इन्स्योरेन्स लिमिटेड काठमाडौं र यसका सम्पूर्ण शाखा कार्यालय, सिद्वार्थ क्यापिटल लिमिटेड नारायाणचौर नक्साल तथा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
हकप्रदमा फागुन २७ गतेदेखि २०७५ वैशाख २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
Comment