‘साझा सभा’ एप्स सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

‘साझा सभा’ एप्स सार्वजनिक



बनेपा । सरोकार राख्ने निकायलाई पारदर्शी र जवाफदेही बनाउन आज धुलिखेलमा ‘साझा सभा’ नामक एप्स सार्वजनिक गरिएको छ ।

‘सामुदायिक सारथी’ नामक गैरसरकारी संस्थाको पहलमा काठमाडौँ लिविङ ल्याबले सार्वजनिक गरेको एप्सबाट विकास निर्माण वा अन्य गुनासोको सम्बोधन हुने ल्याबका कार्यक्रम अधिकृत सगल प्रजापतिले जानकारी दिए ।

उनले एप्समा खासगरी कृषि, शिक्षा र स्वास्थ्यका विषयलाई प्राथमिकतामा राखिएको जानकारी दिँदै सेवा प्रदायकलाई सरोकार राख्ने सरकारी निकायसँग जोड्न खोजिएको हो भने ।

नेपालका विभिन्न ३४ जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा पारस्परिक जवाफदेहिता स्थानीय परियोजनामार्फत सुशासनको क्षेत्रमा काम हँुदै आएको बताइएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका र रोशी गाउँपालिकामा पनि सुशासनसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको साुमदायिक सारथीका जिल्ला संयोजक राजाराम गौतमले जानकारी दिए ।

प्रकाशित : २ फाल्गुन २०७४, बुधबार १९:२७