काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले दिएको बक्तव्य सहितको भिडियो अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेको छ ।
भिडियोमा भारतले नेपालको संविधान जारी हुन नदिनका लागि खेलेको भूमिकाका बारेमा भारतको रणनीति प्रष्ट भल्किन्छ ।
एक मिनेट ३५ सेकेन्ड लामो भिडियोमा नेपाल भारतको बीचमा उच्च स्तरीय समझदारी भएको बताइएको छ । उनले जनवरी २०१५ मा विद्याभण्डारी भारत आएकी, मार्च २०१५ मा बाबुराम भट्टराई भारत आएका, जुलाई २०१५ मा प्रचण्ड भारत आएका, अगस्टमा शेरबहादुर देउवा भारत आएका र जुनमा आफू नेपाल गएको बताएकी छन् ।
उनले आफु नेपालमा इन्टरनेस्नल डोनर कन्फ्रेन्समा भाग लिन मात्र नभई प्रत्येक नेतासँग भेट गरेको र ओलिसँग त एक्लै भेटेको समेत खुलासा गरेकी छन् । उनले यो इङगेजमेन्ट के कम हो रु भन्दै उनले प्रस्न गरेकी छन् ।
द म्याङ्गो न्यूजमा प्रशारित यो भिडियो हेर्नुहोस्
Comment