२०७५ सालको दसैं कार्तिकमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२०७५ सालको दसैं कार्तिकमा



काठमाडौं । दसैंको टीका २ कात्तिकमा परेको २०७५ सालको पत्रले देखाएको छ । भाइटीका २३ कात्तिकमा परेको छ । २०७५ सालको दसैं २४ असोजमा सुरु हुने छ । त्यस दिन घटस्थापना गरिने छ ।

यसैगरी, ३० असोजमा फूलपाती, ३१ गते महाअष्टमी परेको छ भने १ कात्तिकमा महानवमी परेको छ । ७ कात्तिकमा कोजाग्रत पूर्णिमा परेको छ ।

तिहार भने १९ कात्तिकदेखि सुरु हुने छ । त्यस दिन कागको पूजा गरी काग तिहार मनाइने छ । २० गते कुकुर तिहार, २१ गते लक्ष्मी पूजा र २२ गते गोबद्र्धन पूजा परेको छ ।

?उश्रयसैगरी, साउन ३१ गते नागपञ्चमी, १० भदौमा जनै पूर्णिमा, ११ भदौमा गाईजात्रा, १७ भदौमा श्रीकृष्ण जन्माष्टमी परेको छ । यसैगरी हरितालिका तीज २७ भदौमा परेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

प्रकाशित : १२ पुष २०७४, बुधबार ०८:५५