काठमाडौ । सोमबार शेयर बजार ०.८९ अंकले घटेको छ । कारोबारको सुरुमा ७.७४ अंकले बढेको थियो । सोमबार नेप्से परिसुचक १५०८.२५ विन्दुमा गएर थामिएको छ ।
नेप्सेमा आज २ करोड ६४ हजार ६८९.१२ कित्ता शेयर थपिएको छ । जसमध्ये तिन कम्पनीहरुको १ करोड ५८ लाख २१ हजार ६८९.१२ कित्ता बोनस शेयर सुचिकृत भएका छन् ।
बोनस शेयर सुचिकृत हुने कम्पनीहरुमा एनआइसि एसिया, प्रभु इन्स्योरेन्स र नागरिक लगानी कोष रहेको छ । यस्तै २ कम्पनीहरुको ४२ लाख ४३ हजार कित्ता हकप्रद शेयर सुचिकृत भएका छन् । हकप्रद शेयर सुचिकृत गर्ने कम्पनीहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक र अरुण फाइनान्स रहेका छन् ।
सोमबार १६३ कम्पनीहरुको १२ लाख २५ हजार ५४ कित्ता शेयरको किनबेचबाट ५६ करोड ८३ लाख २१ हजार ७७९ रुपैयाँ कारोबार भएको छ । हिजो आइतबारको तुलनामा आज सोमबार कारोबार रकममा सुधार आएको छ ।
Comment