रसुवाको प्रदेशसभा ‘क’ मा काँग्रेस विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रसुवाको प्रदेशसभा ‘क’ मा काँग्रेस विजयी



रसुवा।रसुवाको प्रदेशसभा ‘क’ मा लोकतान्त्रिक गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार प्रभात लामा विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले दिएको जानकारी अनुसार लामा ६ हजार ९७६ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का करन्याल तामाङले पाँच हजार १५२ मत ल्याएका छन् ।

अहिलेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फ काँग्रेसका मोहन आचार्यले सात हजार ६६९ मत प्राप्त गर्नुभएको छ । वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले पाँच हजार २६३ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार १६:०९