अब हकप्रद शेयर आवेदनको लागि आस्वा प्रणाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अब हकप्रद शेयर आवेदनको लागि आस्वा प्रणाली



काठमाडौं। नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर आवेदनको लागि आस्वा प्रणाली लागु गर्न सरोकारवालाहरुलाई निर्देशन दिएको छ। साथै बोर्डले नविकेको हकप्रद शेयर लिलामीमा उपत्यका बाहिरबारबाट पनि आवेदन दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

बोर्डले बजारमा संस्थागत सुशासनलार्इ थप सुदृढ बनाउन नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरीङ, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर एवं आस्वा सदस्यका लागि परिपत्र जारी गरि निर्देशन दिएको हो।

परिपत्रमा बिक्री नभएको हकप्रद सेयरको लिलाम प्रक्रियामा उपत्यका बाहिर विराटनगर, विरगंज, पोखरा, वुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी लगायतका प्रमुख सहरबाट आवेदन दिन सक्ने व्यवस्था मिलाउन पनि भनेको छ।

प्रकाशित : १२ कार्तिक २०७४, आईतवार २०:३८