काठमाडाै । कालिका पावर कम्पनीले १८ करोड रुपैयाँ बराबरको साधारण सेयर जारि गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा स्थानीयका लागि ६ लाख कित्ता र त्यसपछि सर्वसाधारण तथा कर्मचारीका लागि १२ करोड गरि १८ करोडको आइपीओ जारि गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर जारी गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आबेदन दिएको छ। कम्पनीको सेयर बिक्रि प्रबन्धकका रुपमा काठमाण्डु क्यापिटल मार्केट र ग्लोबल आइएमइ क्यापिटल रहेका छन् ।
६ मेगावाटको दरौदी कालिका हाइड्रो परियोजना संचालन गरिरहेको कम्पनीले कालिका पावरले कर्जा भुक्तानीका लागि आइपीओ जारि गर्न लागेको हो। आइपीओबाट प्राप्त रकम ठकेदार र अल्पकालिन कर्जा भुक्तान गर्न प्रयोग गर्ने र केही रकम दिर्घकालिन कर्जा भुक्तानीको लागि प्रयोग गरिने जनाइएको छ।
कम्पनीले बैंकहरुलाई ८५ करोड २० लाख रुपैयाँ बराबरको कर्जा भुक्तानी गर्न बाँकी रहेको छ । यसमध्ये ८१ करोड रुपैयाँको कर्जा दिर्घकालिन प्रकृतीको हो। कम्पनीको दरौदी आयोजनाको प्रतिमेगावाट लागत २३ करोड १० लाख रुपैयाँ रहेको बताइएको छ।
दरौंदी आयोजनाको उत्पादन क्षमता (प्लान्ट लोड फ्याक्टर) बार्षिक ६३ उल्लेख गरिएकोमा हाल यो दर ४२ प्रतिशतमा झरेको छ। कम्पनीले ५१ प्रतिशत कर्जाबाट र ४९ प्रतिशत सेयरबाट पूँजी जुटाएर आयोजना निर्माण थालेको हो।
Comment