स्वरोजगार लघुवित्तका लगानीकर्तालाई २६ प्रतिशत लाभांश उपहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्वरोजगार लघुवित्तका लगानीकर्तालाई २६ प्रतिशत लाभांश उपहार



काठमाडौं । स्वरोजगार लघुवित्त बिकास बैंक लिमिटेडले  लगानीकर्तालाई २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौं ९ गते बसेको सञ्चालक समितिले २६ प्रतिशत बोनस शेयर र १दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

यसका साथै कम्पनीले थप शतप्रतिशत हकप्रद शेयर अर्थात् १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । यसअघि २ बराबर १ अनुपातमा हकप्रद शेयर घोषणा गरेको कम्पनीले सो हकप्रद र बोनस शेयर वितरण पछि पुनः हकप्रद जारी गर्ने भएको हो ।

कम्पनीको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउने छन् ।

प्रकाशित : ११ भाद्र २०७४, आईतवार ११:४५