जनता र सिद्धार्थको एकीकृत कारोबार सुरु, यसरी पुर्याउदै छ ८ अर्ब चुक्ता पुंजी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनता र सिद्धार्थको एकीकृत कारोबार सुरु, यसरी पुर्याउदै छ ८ अर्ब चुक्ता पुंजी



काठमाडाै ३० असार ।जनता बैंकले सिद्दार्थ डेभलपमेन्ट बैंकलाई प्राप्त गरी आजदेखि एकीकृत कारोबार सुरु गरेको छ। नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणि सिवाकोटीले शुक्रबार बैंकको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित बिशेष समारोहमा एकीकृत कारोबारको उद्घाटन गरेका हुन् । जनता बैंकले सिद्दार्थको सम्पूर्ण सम्पति र दायित्व बेहोर्ने गरि १ बराबर १ को स्वाप अनुपातमा गाभेर एकीकृत कारोबार थालेको हो। जनताले सिद्दार्थलाई प्राप्त गर्नका लागि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट क्रमश: असार २० र २५ मा अन्तिम स्वीकृती पाएको हो। सिद्दार्थलाई प्राप्ती पश्चात जनता बैंकको चुक्ता पुंजी ७ अर्ब नाघेको छ । त्यस्तै कुल शाखा संख्या ११३ पुगेको छ । कुल शाखाको हिसाबले जनता बैंक पाचौ ठुलो बाणिज्य बैंक बन्न सफल भएको छ । ३ वटा संस्थाको (जनता बैंक, त्रिबेणी विकास बैंक र सिद्दार्थ डेभलपमेन्ट बैंक) नाफा र पुँजीगत जगेडा कोष समेत गर्दा जनता बैंकले १ अर्ब रुपैयाँको बोनस सेयर दिएर चुक्ता पुंजी ८ अर्ब पुर्याउदै छ। चालु आर्थिक बर्षबाट १ अर्ब रुपैयाँको भन्दा बढीको बोनस सेयर दिएर जनता बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने छ। यस हिसाबमा बैंकले करिब १६ प्रतिशत बोनस दिएर सजिल्यै चुक्ता पुंजी ८ अर्ब पुर्याउने देखिन्छ । बैंकका सीइओले बिजपाटीसंगको अन्तर्वार्तामा १ अर्ब बोनस दिने तयारी रहेको खुलाएका थिए ।

प्रकाशित : ३० असार २०७४, शुक्रबार ०८:१५