शेयर बजारमा कसरी डुब्छ साना लगानीकर्ताको पूँजी ? जान्नुस कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

शेयर बजारमा कसरी डुब्छ साना लगानीकर्ताको पूँजी ? जान्नुस कारण



शेयर बजारमा अधिकतम साना लगानीकर्ता घाटमा रहेका हुन्छन् । कारण यो हो कि राम्रो शेयरलाई निकै चाडो बेच्छन र नोक्सानमा पर्ने गर्दछन । त्यसकारण साना लगानीकर्ताले बुझ्ने भन्दा पनि नबुझेको भरमा धेरै क्षति व्यहोरेका हुन्छन ।यहा  साना लगानीकर्ताको पूँजी  डुब्नका केही कारण बारे बुझाैँ ।

रेडिमेड सल्लाहको चाहाना

साना लगानीकर्ता तयारी माल अर्थात रेडिमेट सल्लाहको चाहाना राख्छन । कसैले भनिदियोस अधिक शेयर बढ्दैछ । साना तिना शेयरहरु छ महिना भित्र दुइगुणाले बढी हुन । र अाफ्नो दिमागलाई कम खर्चिएर नै लगानी गर्न तत्तपर हुन्छन । अखिर यसरी उनिहरुलाई यस्ता बिषय भन्ने अाफ्नै छेउछाउका नै हुन्छन । साथी भाई र नातागोताका कुरा मान्न उसले यस्ता कुरामा ढिलो गर्दैन । यति मात्रै नभइ उसले ति सुझावलाई मनन गरेर मात्रै लगानी अगाडी बढाउनु भन्दा पनि हतारमा निर्णय गरेर फुर्सदमा पछुताउछन ।

अाफ्नो अज्ञानलाई नमान्ने

प्राय साना लगानीकर्ताहरु अाफ्नो सानो गल्तीलाई स्विकार गर्ने पक्षमा हुदैनन् । उनिहरु हरेक हिसाबले अाफुलाई बजारकाे सबै गतिविधीको समझदार विद्धवान प्रमाणित गर्न पट्टी नै केन्द्रीत भएका हुन्छन । कुनै व्यक्तीलाई कुनै पनि बिषयकाेबारेमा जानकारी नभएकाे भए त्यसलाई स्विकार गर्न पर्छ र अन्यको सल्लाह मान्नै पर्छ । उनिहरु यो मान्न कदापी तयार हुदैनन । त्यस कारण साना लगानीकर्ताहरु बजारमा किन बेच भने जारी नै राख्छन र गुमाउदै पनि जान्छन र अन्तमा बजारनै छोडेर जान्छन ।

चरम सिमाकाे समयमा प्रवेश

साना लगानीकर्ताहरु स्थायी रुपमा यो गल्ती गरेका हुन्छन । उनिहरु बजामार प्रवेश गर्न निकै समय लाउछन । अधिकतम बजारमा साना लगानीकर्ता त्यही समयमा प्रवेश गर्छन । जब बजार तिब्र गतिमा सिमा पार गरिसकेको हुन्छ । अर्थात शेयरको भाउ अाफ्नो सिमा भन्दा बढी नै बढेकाे हुन्छ । यस्तो समयमा ठूला लगानी कर्ता र स्मार्ट लगानी कर्ताले अाफ्नो नाफा बुकिङ् गरेर निकाल्न सुरु गरिसकेका हुन्छन । अर्को शब्दमा भन्नु पर्दा कतिपय लगानी कर्ता २० या २५ हजारको इन्डेकस अाए पछि मात्रै बजारमा प्रवेश गरेका हुन्छन ।

झटपट पैसा कमाउने मनोवृति

साना लगानी कर्तालाई यो मनोवृति भारी नै पर्न जान्छ । यस्ता मानिसहरु शेयरमा प्रवेश गर्ने वितिकै हतपत पैसा कमाउने सोचमा हुन्छन । उनिहरुमा यो धारणा पनि हुन्छकी शेयर बजार भनकाे झटपट पैसा कमाउन थलो हो । यो सोच्दै गर्दा उनिहरुले यो बिर्सन्छन कि यो क्षेत्र झटपट पैसा गुमाउने पनि ठाउ हो । यस कारण यहाँ कमाउने भन्दा पनि गुमाउनेका घटना हुनुको मुख्य कारण यही हो । यस्ता लगानीकर्ता शेयर किन्दा पनि उताउला देखिन्छन र शेयर बेच्दा पनि उस्तै हर्कत देखाउछन ।

कम मूल्य भएको शेयर सस्तो सम्झने

प्राय शेयर बजारमा यो प्रवृति निकै नै छ । कम मूल्य भएको शेयरको भाउ सस्तो नै हुन्छ भन्ने । बिशेष गरि साना लगानीकर्ताले यस्तो गल्ती गर्छन । जुन शेयरको मूल्य कम छ त्यो सस्तो भनेर किन्न उताउलीने गर्छन । जबकी यस्तो शेयरको मूल्य सस्तो हो वा हैन भन्ने निर्णय लिनु भन्दा अगाडी कम्पनिको फन्डामेन्टल अभ्यास हुन जरुरी छ । कम्पनी मजबुत तथा विकासउन्मुख भए उसको मूल्य तल नै हुन्छ र यसलाई सस्तो मानिन्छ । तर भाउ मात्रै कम हुदा शेयर खरिद गर्न लायक भने हुदैन । यसको विपरित कयाैपटक उच्च मूल्यको शेयर पनि मजबुत कम्पनीको हुन्छ । विस्तारै अगाडी बढ्दै जादा अधिक बृद्धिकाै हल्लाका कारण उच्च मूल्यमा नै किन्न योग्य हुन्छ ।

डरमा अगाडी

बजारमा मन्दी अायो वा गिरावट अाउन थाल्यो भन्ने संकेत मात्रै पाए साना लगानीकर्ता त्यसै हडबडाउन थाल्छन । तर यसबारे उनिहरु पुरै जानकारी भने हुँदैनन । कसैलाई त यस्तो लाग्छ बजार घटेको समय नै कमाउने समय हो भन्ने यसको खेलले सडक छाप पनि बनाएको उनिहरु पत्तो पाउदैनन् । यस्तो समयमा साना लगानीकर्ता सानो पुँजीका साथ ठूला ठूला खेल खेलेर बस्छन । र विभिन्न खेलको शिकार बन्छन । सबै गुमेपछि उनिहरुको एक मात्रै भनाइ हुन्छ भाग्यमा कमाउन लेख्या रहेनछ भन्दै शेयर बजारबाट सधैका लागि हातधुन बाध्य बन्छन ।

प्रकाशित : २८ असार २०७४, बुधबार ०६:५६