जापानको फुकुओकामा सिटी एक्सप्रेस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

English

जापानको फुकुओकामा सिटी एक्सप्रेस



काठमाडाै २२ असार । जापानको फुकुओकामा  सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा विस्तार गरेको छ ।

जापानबाट पैसा पठाउने सहज माध्यमका रुपमा स्थापित सिटी एक्सप्रेसले फुकुओकामा पनि कार्यालय सञ्चालनमा ल्याएपछि त्यहाँका नेपालीहरुलाई सहज हुने भएको छ ।

जुलाई एक तारिखका दिनदेखि फुकुओकामा सिटी एक्सप्रेसले आफ्नो कार्यारम्भ गरेको हो । ग्रुपका अध्यक्ष महेशकुमार श्रेष्ठले एक समारोहका बीच शाखा कार्यालयको उद्घाटन गरे ।

उद्घाटन समारोहमा फुकुओकामा बसोबास गर्दै आएका करिब दुई सय नेपालीहरुको सहभागिता थियो ।

जापानबाट नेपाल पैसा पठाउने सबैभन्दा भरपर्दो र जापानकै पहिलो नम्वरको सिटी एक्सप्रेस हप्ताको सातै दिन बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालनमा आउनेछ । कम्पनीले शाखा सञ्चानलको अवसरमा यो महिनाभर निशुल्क रकम पठाउन पाउने ब्यवस्था समेत मिलाएको छ ।

यस्तै एउटै छानाबाट सेवा दिने उद्देश्यले उक्त भवनमै सिटी ट्राभल्स एण्ड टुर्सले पनि कार्यारम्भ गरेको छ । नेपाल जाने हवाई टिकट लिनका लागि अब नेपालीहरुले झण्झट ब्यहोर्नु नपर्ने भएको छ ।

यो सेवारम्भबाट फुकुओकामा रहेका नेपालीहरुलाई रकम पठाउनेर हवाईटिकट लिने समस्या समाधान हुने कम्पनीले विश्वास लिएको छ । 4.99

प्रकाशित : २२ असार २०७४, बिहीबार ०५:३३