काठमाडौं । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) ले विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड रुपैयाँ योगदान गर्ने भएको छ।
कम्पनीले सार्वजनिक गरेको जानकारीअनुसार नेपालमा पछिल्लो समय आएको विपद्पछि सञ्चालन भइरहेको राहत तथा पुनःस्थापना अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा उपलब्ध गराउन लागिएको हो।
युटिएसले विपद्को कठिन समयमा उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, मानवीय सहायता संस्था, स्वयंसेवक तथा स्थानीय समुदायप्रति सम्मान व्यक्त गरेको छ।
कम्पनीले युनाइटेड ट्रेडर्स सिन्डिकेटसँगै एसियामा रहेको टोयोटा समूह पनि कठिन परिस्थितिमा नेपालसँगै उभिएको जनाएको छ। विपद्पछिको पुनःस्थापना तथा भविष्यमा थप उत्थानशील समाज निर्माणका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ।









Comment