एनआईएमबीको ‘इको होम लोन’ : आधार दरमा ०.७५ प्रतिशत प्रिमियम, ०.५० प्रतिशत प्रशोधन शुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईएमबीको ‘इको होम लोन’ : आधार दरमा ०.७५ प्रतिशत प्रिमियम, ०.५० प्रतिशत प्रशोधन शुल्क




काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले वातावरणमैत्री तथा ऊर्जा दक्ष घर निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनआईएमबी इको होम लोन’ योजना सार्वजनिक गरेको छ ।

बैंकका अनुसार यस कर्जाको ब्याजदर बैंकको आधार दरमा थप ०.७५ प्रतिशत कायम गरिएको छ । यस्तै, कर्जामा ०.५० प्रतिशत प्रशोधन शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

इको होम लोन लिनका लागि बैंकले तोकेका पाँचमध्ये कम्तीमा तीनवटा वातावरणमैत्री मापदण्ड पूरा गर्नुपर्नेछ । जसमा नवीकरणीय ऊर्जा, दिगो निर्माण सामग्री, वर्षाको पानी संकलन प्रणाली, हरित क्षेत्र तथा ऊर्जा दक्षता रहेका छन् ।

बैंकले घरमा यस्ता प्रविधि तथा संरचना जडान गर्न आवश्यक परेमा थप वित्तीय सुविधा उपलब्ध गराउन सकिने जनाएको छ ।

एनआईएमबीले ‘इको होम लोन’मार्फत वातावरणमैत्री आवास निर्माणसँगै घरधनीको दीर्घकालीन जीवनयापन खर्च घटाउन सहयोग पुग्ने अपेक्षा गरेको छ । बैंकले योजनासम्बन्धी थप जानकारीका लागि ग्राहक सेवा केन्द्र तथा बैंकको वेबसाइटमार्फत सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित : 18 September, 2026 10:49 am