देउवालाई महाधिवेशनबाट अलग नराख्ने गगन थापाको संकेत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

देउवालाई महाधिवेशनबाट अलग नराख्ने गगन थापाको संकेत



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाबाट उद्घाटन गराउन आफूलाई कुनै आपत्ति नरहेको बताएका छन् ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा थापाले पूर्वसभापतिका रूपमा देउवाको उपस्थितिलाई सम्मानका रूपमा लिने धारणा राखेका हुन् ।

बैठकमा उनले देउवाले महाधिवेशन उद्घाटन गरिदिने विषयमा आफू सकारात्मक रहेको स्पष्ट पारे । ‘पूर्वसभापतिले आएर महाधिवेशन उद्घाटन गरिदिने कुरामा सम्मान हुन्छ,’ थापाले भने ।

कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारी अघि बढेसँगै पूर्वसभापति देउवाको भूमिकालाई लिएर पार्टीका विभिन्न तहमा बहस भइरहेका बेला थापाको यस्तो धारणा आएको हो ।

महाधिवेशनको मिति, प्रतिनिधि व्यवस्थापन, पार्टीको आन्तरिक संरचना तथा नेतृत्वबीच देखिएका मतभेदलगायत विषयमा केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ ।

थापाको धारणा पूर्वसभापतिलाई महाधिवेशन प्रक्रियाबाट अलग राख्नेभन्दा पार्टीको परम्परा र पूर्वसभापतिको भूमिकालाई सम्मान गर्दै महाधिवेशन अघि बढाउने संकेतका रूपमा आएको छ ।

प्रकाशित : 17 September, 2026 4:51 pm