काठमाडौं । रिलायवल रेमिट र लुम्बिनी बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ ।
सो सम्बन्धी सम्झौतामा रिलायबल रेमिट तथा रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र लुम्बिनी बैंकका तर्फबाट डिपोजिट रिलेशनशीप म्यानेजमोन्ट हेड रितेश लामिछानेले हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको हो ।
सम्झौतापछि बैंकका सबै शाखाबाट रिलायबल रेमिटमार्फत पठाएको रकम झिक्न सकिने बताइएको छ ।
Comment