उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन्।

यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।

यादवले बिहीबार ग्यास उद्योगीहरूलाई ‘पाता कस्नुपर्ने’ भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन्। उक्त अभिव्यक्तिपछि उनीमाथि आलोचना बढेको थियो।

यादवले चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीका रूपमा शपथ लिएकी थिइन्। उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्।

प्रकाशित : 10 September, 2026 1:54 pm