एक लाख बिक्री पार गरेर नेपाल छिर्‍यो दिपल निभो क्यू०५ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

एक लाख बिक्री पार गरेर नेपाल छिर्‍यो दिपल निभो क्यू०५



काठमाडौं । नेपाली विद्युतीय सवारी बजारमा प्रवेश गरेको दिपल निभो क्यू०५ले नेपाल आउनुअघि नै अन्तर्राष्ट्रिय बजारमा उल्लेख्य बिक्री र डिजाइन उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बजारमा सार्वजनिक भएको नौ महिनामै क्यू०५को सञ्चित बिक्री एक लाख युनिटभन्दा बढी पुगेको छ। विश्वकै ठूलो विद्युतीय सवारी बजार मानिने चीनमा समेत क्यू०५ले लगातार चार महिनासम्म कम्प्याक्ट एसयूभी सेग्मेन्टमा अग्रस्थान कायम गरेको कम्पनीको दाबी छ।

थाइल्यान्डमा सार्वजनिक भएको दुई साताभन्दा कम समयमै क्यू०५ले तीन हजारभन्दा बढी अर्डर प्राप्त गरेको कम्पनीले जनाएको छ। यसले दक्षिणपूर्वी एसियाली बजारमा समेत मोडलप्रति प्रारम्भिक आकर्षण देखिएको कम्पनीको दाबी छ।

३१ देशका विज्ञको संलग्नतामा डिजाइन

क्यू०५को डिजाइन चांगानका ग्लोबल डिजाइन भाइस प्रेसिडेन्ट क्लाउस जिकोराको नेतृत्वमा तयार गरिएको हो। कम्पनीका अनुसार डिजाइन विकास प्रक्रियामा ३१ देशका ९१५ भन्दा बढी विज्ञ संलग्न थिए।

यही डिजाइनका कारण क्यू०५ले सन् २०२६ को गोल्डेन ए’ डिजाइन अवार्डसमेत प्राप्त गरेको कम्पनीले जनाएको छ।

अत्यधिक चिसो मौसममा पनि परीक्षण

क्यू०५लाई विभिन्न कठिन वातावरणमा परीक्षण गरिएको कम्पनीको भनाइ छ। चीनको इनर मंगोलियास्थित याकेशीमा हिउँ, बरफ, न्यून तापक्रम तथा कम ग्रिप भएका सडकमा गाडीका विभिन्न प्रणालीको परीक्षण गरिएको जनाइएको छ।

यस्ता परीक्षणमार्फत अत्यधिक चिसो तथा चुनौतीपूर्ण सडक अवस्थामासमेत गाडीको सञ्चालन क्षमता, सुरक्षा प्रणाली र अन्य प्राविधिक पक्षको मूल्यांकन गरिएको कम्पनीको दाबी छ।

नेपाली बजारका लागि के छन् विशेषता ?

नेपालमा उपलब्ध क्यू०५मा फराकिलो क्याबिन, पछाडिका सिट रिक्लाइन गर्न मिल्ने सुविधा, नौ तहको सिट संरचना, क्याटल एलएफपी ब्याट्री, फास्ट चार्जिङ तथा इन्टेलिजेन्ट ड्राइभर सपोर्ट सिस्टमलगायतका विशेषता रहेको जनाइएको छ।

अन्तर्राष्ट्रिय बजारमा बिक्री र डिजाइनका क्षेत्रमा उपलब्धि हासिल गर्दै नेपाल प्रवेश गरेको क्यू०५प्रति नेपाली बजारमा पनि चासो बढेको देखिन्छ।

यद्यपि, अन्तर्राष्ट्रिय बजारमा हासिल गरेको सफलता नेपालमा कति प्रभावकारी रूपमा दोहोरिन्छ भन्ने कुरा भने नेपाली सडकको अवस्था, मूल्य प्रतिस्पर्धा, चार्जिङ पूर्वाधार, बिक्रीपछिको सेवा तथा ग्राहकको वास्तविक प्रतिक्रियाले निर्धारण गर्नेछ।

प्रकाशित : 9 September, 2026 5:33 am