ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा असोज १६ गते, ४% बोनस र ६% नगद लाभांश पारित हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा असोज १६ गते, ४% बोनस र ६% नगद लाभांश पारित हुँदै



काठमाडौं । ग्लोबल आइएमई बैंकले असोज १६ गते शुक्रबार २०औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा बिहान ९ बजे सुरु हुनेछ।

सभाले बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्नेछ। बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्दैछ।

त्यस्तै, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमा समेत निर्णय गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज २ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : 8 September, 2026 12:43 pm