एनसेलका सीईओ माइकल फोलेले दिए राजीनामा, डिल्लीराम श्रेष्ठ अन्तरिम सीईओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एनसेलका सीईओ माइकल फोलेले दिए राजीनामा, डिल्लीराम श्रेष्ठ अन्तरिम सीईओ




काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले पदबाट राजीनामा दिएका छन्।
२०८२ कात्तिक १५ गतेदेखि एनसेलको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका फोलेले राजीनामा दिएका हुन्। उनको राजीनामा एनसेल सञ्चालक समितिले स्वीकृत गरेको छ।
सञ्चालक समितिले फोलेको राजीनामा स्वीकृत गर्दै भदौ ९ गतेदेखि लागू हुने गरी नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्मका लागि हाल प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठलाई अन्तरिम सीईओको जिम्मेवारी दिएको छ।
एनसेलका अनुसार नयाँ सीईओ नियुक्त नभएसम्मका लागि श्रेष्ठलाई कम्पनीको ‘लिमिट अफ अथोरिटी’ समेत प्रदान गरिएको छ। श्रेष्ठले अन्तरिम सीईओका रूपमा कम्पनीको दैनिक व्यवस्थापन तथा प्रमुख कार्यकारी अधिकारसम्बन्धी जिम्मेवारी सम्हाल्नेछन्।

प्रकाशित : 4 September, 2026 12:19 pm