नाडा अटो शोमा दीपल नेभो क्यू०५ प्रति बढ्दो आकर्षण, बुकिङ उत्साहजनक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाडा अटो शोमा दीपल नेभो क्यू०५ प्रति बढ्दो आकर्षण, बुकिङ उत्साहजनक



काठमाडौं । एमएडब्ल्यू वृद्धिले चांगानको प्रिमियम सब–ब्रान्ड नेभोअन्तर्गतको विद्युतीय एसयूभी दीपल नेभो क्यू०५ नेपाली बजारमा सार्वजनिक गरेको एक सातामै नाडा अटो शोमा प्रदर्शनमा राखेको छ । प्रदर्शनीमा राखिएसँगै उक्त विद्युतीय एसयूभीले ईभी पारखी तथा ग्राहकको ध्यान आकर्षित गरेको कम्पनीले जनाएको छ ।

नाडा अटो शोमा दीपल नेभो क्यू०५ अवलोकन गर्ने ग्राहकको उत्साह बढेको र यसको बुकिङसमेत उत्साहजनक रहेको कम्पनीको दाबी छ । प्रिमियम डिजाइन, आकर्षक फिचर तथा लामो रेन्जका कारण नयाँ विद्युतीय एसयूभीप्रति ग्राहकको चासो बढिरहेको कम्पनीले जनाएको छ ।

दीपल नेभो क्यू०५ नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध छ । यसको म्याक्स भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

गाडीमा ५२ किलोवाट आवरको ब्याट्री र १२० किलोवाटको मोटर जडान गरिएको छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा भेरियन्टअनुसार करिब ४०५ देखि ४६२ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ ।

दीपल नेभो क्यू०५ मा कम्पनीले ११ वर्ष वा ३ लाख किलोमिटर, जुन पहिले पुग्छ, सो अवधिसम्मको वारेन्टी उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार यसको डिजाइनले अन्तर्राष्ट्रियस्तरमा मान्यता पाउनुका साथै गोल्डेन ए डिजाइन अवार्ड समेत जितिसकेको छ ।

नाडा अटो शोमा प्रदर्शनसँगै बुकिङमा देखिएको उत्साहले नेपाली बजारमा प्रिमियम विद्युतीय एसयूभीको माग बढिरहेको संकेत गरेको छ । कम्पनीले दीपल नेभो क्यू०५ ले नेपाली ईभी बजारमा आफ्नो बलियो उपस्थिति स्थापित गर्ने अपेक्षा गरेको छ ।

प्रकाशित : 29 August, 2026 1:56 pm