नाडा अटो शोमा ग्लोबल आइएमईको अफर, ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नाडा अटो शोमा ग्लोबल आइएमईको अफर, ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन



काठमाडाै । ग्लोबल आइएमई बैंकले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ‘ग्लोबल अटो लोन’ योजना ल्याएको छ। बैंकका अनुसार ग्राहकले वार्षिक ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन लिन सक्नेछन्। यो ब्याजदरमा न्यूनतम ०.५० प्रतिशत रिस्क प्रिमियम समावेश रहेको बैंकले जनाएको छ। अटो लोनमा ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ।

बैंकले सात वर्ष अवधिको स्थिर ब्याजदरको विकल्पसमेत दिएको छ। यसअन्तर्गत पहिलो तीन वर्षका लागि ५.१७ प्रतिशत ब्याजदर स्थिर रहनेछ भने बाँकी अवधिका लागि बेस रेटमा २ प्रतिशत प्रिमियम थपिनेछ। नाडा अटो शोमा बैंकले छुट्टै स्टलमार्फत ग्राहकलाई कर्जा प्रक्रियासम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराइरहेको छ।

प्रकाशित : 26 August, 2026 10:04 pm