सिटिजन लाइफको नाफा १०६.६३% बढ्यो, ईपीएस ७.८२ रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन लाइफको नाफा १०६.६३% बढ्यो, ईपीएस ७.८२ रुपैयाँ



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको नाफा उल्लेख्य रूपमा बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले ३९ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १८ करोड ९१ लाख रुपैयाँ थियो। यससँगै समीक्षा अवधिमा कम्पनीको नाफा १०६.६३ प्रतिशतले बढेको हो।

कम्पनीको जीवन बीमा कोष पनि उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म जीवन बीमा कोषमा २७ अर्ब २ करोड ६६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कोष १९ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ थियो। एक वर्षमा जीवन बीमा कोषको आकार ३६.१२ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।

त्यस्तै, कम्पनीले समीक्षा वर्षमा ९ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो बीमाशुल्क ७ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ थियो। यसअनुसार कुल बीमाशुल्क आर्जन २४.१९ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ। गत आर्थिक वर्षमा कम्पनीले ८ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यो रकम ७ अर्ब १३ करोड २१ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन २५.८७ प्रतिशतले बढेको हो।

कम्पनीको शेयरपुँजी ५ अर्ब रुपैयाँ रहेको छ। कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ७.८२ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३.७८ रुपैयाँ थियो।

कम्पनीको पीई रेसियो ५५.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३१.६० रुपैयाँ रहेको छ।

यसैगरी, समीक्षा वर्षमा कम्पनीको शेयर प्रिमियम ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ति कोष २६ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ४९ करोड ८३ लाख रुपैयाँ र अन्य इक्विटी ३६ करोड २६ लाख रुपैयाँ रहेको छ।

प्रकाशित : 14 August, 2026 4:17 pm