देशभरका सर्भिस सेन्टरमा सुजुकी ‘मनसुन सर्भिस क्याम्प’ हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

देशभरका सर्भिस सेन्टरमा सुजुकी ‘मनसुन सर्भिस क्याम्प’ हुने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सीजी मोटोकर्पले देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा विशेष ‘मनसुन निःशुल्क सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । सो क्याम्प साउन २७ गतेदेखि २९ गतेसम्म संचालन हुनेछ ।

भारी मनसुनी वर्षाले सवारीसाधनमा चाप र जोखिम बढाउँदै गर्दा, यो अभियानले समयमै मर्मतसम्भारमा जोड दिँदै वर्षायाममा ग्राहकको सुरक्षा र सुविधालाई प्राथमिकता दिने बताइएको छ ।

तीन दिनसम्म सुजुकीका ग्राहकले ब्रेक, टायर, वाइपर, इन्जिन र इलेक्ट्रिकल प्रणाली लगायत वर्षायाममा बढी जोखिममा पर्ने भागको निःशुल्क जाँच, विशेषज्ञ मर्मत सल्लाह, र पार्ट्स तथा सर्भिसमा विशेष छुटको सुविधा पाउनेछन्। कम्पनीले वर्षायाममा सवारीसाधन सुचारु राख्न सबै सुजुकी धनीलाई यस अवसरको लाभ लिन आग्रह गरेको छ।

“नेपालमा मनसुन सवारीसाधनका लागि सबैभन्दा चुनौतीपूर्ण समय हो। यस अभियानमार्फत हाम्रो उद्देश्य ग्राहकलाई सर्भिस सुविधा प्रदान गर्नु मात्र नभई मर्मतसम्भार र वर्षायाममा सुरक्षित सवारी चालनलाई प्रोत्साहन गर्नु पनि हो,” सीजी मोटोकर्पका वरिष्ठ प्रबन्धक सरोज खड्काले भने।

पार्ट्स र लुब्रिकेन्टमा १० प्रतिशत छुट , लेबर चार्जमा २० प्रतिशत छुट, निःशुल्क जनरल जाँच, एसी र ब्याट्री जाँच, साथै ब्रेक, टायर, वाइपर र इलेक्ट्रिकल प्रणालीमा विशेष ध्यान एसेसरिजमा १५ प्रतिशत छुट तथा कार केयर र वर्षायाम सावधानीबारे निःशुल्क तालिम प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै, क्याम्पका क्रममा सुजुकीले तीन जना भाग्यशाली ग्राहकलाई आकर्षक उपहार प्रदान गर्नेछ। यो क्याम्प देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा सञ्चालन हुनेछ जुन नेपालको सबैभन्दा ठूलो अटोमोटिभ सर्भिस सञ्जाल रहेको बताइएको छ।

प्रकाशित : २६ श्रावण २०८३, मंगलबार १७:०३ 11 August, 2026 5:03 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।