काठमाडौ। नेपाली बजारमा नयाँ ब्रान्ड बीआईसी बीजे ३० ई सार्वजनिक भएको छ। लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई मोबिलिटीले नयाँ ब्रान्ड बीआईसी बीजे ३० इ नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरेको हो।
कम्पनीले यो गाडी नाइमा एक्स्पोभरिका लागि १ करोड १९ लाख ९६ हजार रुपैयाँमा मूल्य निर्धारण गरेको छ। यो गाडी कम्पनीले अफरोड यात्रा र दैनिक प्रयोग दुवैलाई ध्यानमा राखेर बनाएको छ।‘‘बोर्न रग्ड’ अवधारणामा आधारित यो प्लग९इन हाइब्रिड एसयूभी आकर्षक डिजाइन, आधुनिक प्रविधि र अफ०रोड क्षमताको संयोजनसहित सहरका सडकदेखि चुनौतीपूर्ण बाटोसम्म आत्मविश्वासका साथ यात्रा गर्न सक्षम रहेको कम्पनीले जनाएको छ।
बीजे–३० ईमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन दिइएको छ। अल ह्विल ड्राइभ मोडलको रूपमा एक्स्पोमा देखिने बीजे–३० ईमा १.६७ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग भएको छ। यो बक्सी डिजाइन, उचाइ भएको बडी, चौडा स्टान्स र रग्ड स्टाइलिङको अफरोड एसयूभी हो।
नेपालमा प्रविधियुक्त र दमदार एसयूभीप्रतिको बढ्दो आकर्षणबीच बीएआईसी बीजे–३० ईको आगमनले उपभोक्तालाई नयाँ विकल्प प्रदान गर्ने अपेक्षा रहेको कम्पनीले जनाएको छ।


Comment