३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा मतदान हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा मतदान हुँदै



काठमाडौं  १४ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमाा आज प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा आज मतदान हुँदैछ ।

यो मतदानबाट १५ हजार ३८ जना निर्वाचिात हुने भएका छन् । मतदानका लागि ४ हजार ५ सय ८१ मतदान स्थलमा आठ हजार तीन सय ६४ मतदान केन्द्र तोकिएमा छन् ।

मतदाताले बिहान ७ कजेदेखि अपराहन्न ५ बजेसम्म तोकिएको मतदान केन्द्र पुगेर एक पद, एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणाली अन्तर्गत स्थानीय तहको प्रमुख, उप प्रमुख, वडाध्यक्ष र वडाका चार सदस्यलाई गोप्य रुपमा मतदान गर्नेछन् ।

प्रकाशित : १४ असार २०७४, बुधबार ०२:३८