गोपालमान श्रेष्ठको निवास पुगेर राष्ट्रपति पौडेलले दिए श्रद्धाञ्जली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

गोपालमान श्रेष्ठको निवास पुगेर राष्ट्रपति पौडेलले दिए श्रद्धाञ्जली



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । राष्ट्रपति पौडेल आज प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित निवासमा पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । 

शोकको यस घडीमा उनले शोकाकुल परिवारजन तथा आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूति व्यक्त गरे । राष्ट्रपति पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भएर श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्र्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न संघर्ष र आन्दोलनहरूमा पुर्याएको नेतृत्वदायी भूमिका तथा राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अटल आस्था, समाजवादप्रतिको निष्ठा तथा सार्वजनिक जीवनमा पुर्याएको योगदान सधै स्मरणीय रहिरहने बताए । राष्ट्रपति पौडेलले श्रेष्ठको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा क्षति पुग्नुका साथै मुलुकले निर्भिक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी व्यक्ती गुमाएको आफूले महसुस गरेको बताए ।

प्रकाशित : 31 July, 2026 12:53 pm