शिव शिखर सहकारीका थप ५६ बचतकर्तालाई बचत रकम फिर्ता, भुक्तानी प्रक्रिया जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

मुख्य समाचार

शिव शिखर सहकारीका थप ५६ बचतकर्तालाई बचत रकम फिर्ता, भुक्तानी प्रक्रिया जारी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप ५६ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार ऋण असुलीबाट प्राप्त रकमका आधारमा बचत फिर्ता गर्ने प्रक्रिया निरन्तर जारी रहेको छ।

समितिले हालसम्म शिव शिखर सहकारीका करिब एक हजार चार सय बचतकर्तालाई रकम फिर्ता गरिसकेको जनाएको छ। पहिलो चरणमा न्यून बचत रकम भएका बचतकर्तालाई प्राथमिकताका साथ भुक्तानी गरिएको र आगामी दिनमा बचत रकमका आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्तालाई पनि क्रमशः रकम फिर्ता गरिने बताइएको छ।

सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम नै सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार फिर्ता गरिँदै आएको स्पष्ट पारेको छ।

प्रकाशित : १४ श्रावण २०८३, बिहिबार १३:०१ 30 July, 2026 1:01 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।