काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ४२ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क संकलन गरेको छ। सोही अवधिमा कम्पनीले ४ अर्ब ९६ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्दै ग्राहकप्रतिको प्रतिबद्धता र सेवा क्षमतालाई थप सुदृढ बनाएको जनाएको छ।
कम्पनीका अनुसार पछिल्ला केही वर्षयता व्यवसाय विस्तार, सेवा सञ्जाल सुदृढीकरण तथा ग्राहक पहुँच विस्तारमा निरन्तर प्रगति भएको छ। साथै, दाबी भुक्तानी क्षमतामा पनि उल्लेखनीय सुधार गर्दै कम्पनीले बीमितप्रतिको विश्वासलाई मजबुत बनाउँदै आएको जनाएको छ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले ग्राहक, अभिकर्ता, व्यावसायिक साझेदार, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।
उनले ग्राहकको विश्वास र सहयोगले कम्पनीलाई निरन्तर अघि बढ्न प्रेरणा दिएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा, छिटो दाबी भुक्तानी, नवीन बीमा समाधान तथा ग्राहक–केन्द्रित सेवामार्फत विश्वासलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीले आगामी दिनमा प्रविधिमैत्री सेवा, सहज दाबी व्यवस्थापन र नवीन बीमा योजनामार्फत ग्राहकलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै नेपालको बीमा क्षेत्रको दिगो विकासमा योगदानलाई निरन्तरता दिने जनाएको छ।


Comment