बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा ’होल्ड’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अटो

बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा ’होल्ड’

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

रामेछाप । काभ्रेपलाञ्चोकको रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा ’होल्ड’ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले आइतबार दिउँसो १२ः३३ बजे जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत सडकमा हुन सक्ने जोखिमलाई ध्यानमा राखी तत्कालका लागि सवारी सञ्चालन रोकिएको जनाएको हो।

प्रहरीका अनुसार सडकमार्गमा कुनै अवरोध नरहेको अवस्था सुनिश्चित भएपछि अर्को सूचना जारी गरी बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालन भएको जानकारी गराइनेछ।

जिल्ला प्रहरी कार्यालयले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै थप जानकारीका लागि प्रहरीको आपतकालीन नम्बर १०० तथा ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रकाशित : २९ असार २०८३, सोमबार १५:२४ 13 July, 2026 3:24 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।