काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले स्वतन्त्र सञ्चालक पदमा मात्रिका भट्टराईलाई नियुक्त गरेको छ। कम्पनीका स्वतन्त्र सञ्चालक थानेश्वर गौतमले असार २२ गते दिएको राजीनामा सञ्चालक समितिको असार २९ गते बसेको बैठकले स्वीकृत गरेको कम्पनीले जनाएको छ।
यसअघि नै असार २८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त स्वतन्त्र सञ्चालक पदमा काठमाडौं महानगरपालिका–६ निवासी मात्रिका भट्टराईलाई चार वर्षको कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको थियो। भट्टराईको नियुक्ति असार २८ गतेदेखि नै लागू भएको कम्पनीले जनाएको छ।







Comment