काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणअन्तर्गत दोस्रो चरणका सबै खेल सकिएका छन् ।
जुन २४ मा समूह ‘के’ र ‘एल’ का अन्तिम खेलहरू सकिएसँगै अब टोलीहरूको ध्यान निर्णायक तेस्रो तथा अन्तिम समूह चरणका खेलमा केन्द्रित हुनेछ ।
समुह ‘बी’ अन्तरगत बिहीबार बोस्निया एन्ड हर्जगोभिना र कतार तथा स्विट्जरल्याण्ड र क्यानडा भिड्दैछन् । निर्णायक खेल र नतिजाले प्रभाव पार्ने भएकाले समूह ‘बी’ का खेल नेपाली समय अनुसार खेल बिहीबार बिहान १२ः४५ बजे सुरु हुनेछ । हरेक समूहको खेल एकै समयमा हुँदैछन् ।
यसैगरी समुह ‘सि’ मा बिहीबार नै मोरक्को र हैटी तथा स्कटल्याण्ड र ब्राजिल भिड्दैछन् । यो खेल बिहीबार बिहान ३ः४५ सुरु हुनेछ ।
समुह ‘ए’ अन्तरगत पनि खेल हुँदैछन् । बिहीबार बिहान ६ः४५ बजे दक्षिण अफ्रिका र दक्षिण कोरियासँगै चेक गणतन्त्र र मेक्सिको भिड्दैछन् ।






Comment