नेप्सेमा सूचीकृत भयो सोपान फर्मास्युटिकल्सको शेयर, सोमबारदेखि कारोबार सुरु हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा सूचीकृत भयो सोपान फर्मास्युटिकल्सको शेयर, सोमबारदेखि कारोबार सुरु हुने



काठमाडौँ । सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। शुक्रबार कम्पनीका कुल १ करोड ७१ लाख ६० हजार कित्ता शेयर नेप्सेमा दर्ता भएका हुन्।

सूचीकृत शेयरमध्ये ४२ लाख ९० हजार कित्ता सर्वसाधारणलाई जारी गरिएको आईपीओ हो भने बाँकी १ करोड २८ लाख ७० हजार कित्ता संस्थापक शेयरधनीको लगानी रहेको छ।

नेप्सेका अनुसार कम्पनीको शेयर आगामी सोमबार विशेष प्रि–ओपन सेसनमा पहिलो कारोबारका लागि प्रवेश गर्नेछ। त्यसपछि नियमित दोस्रो बजारमा कारोबार सुरु हुनेछ।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको शेयर मूल्य ९२ रुपैयाँ १५ पैसादेखि २७६ रुपैयाँ ४५ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ। कम्पनीको शेयर ‘क्इएी’ टिकर संकेतमार्फत कारोबार हुनेछ।

सोपान फर्मास्युटिकल्सको शेयर दोस्रो बजारमा प्रवेशसँगै लगानीकर्ताले अब नेप्सेमार्फत खरिद–बिक्री गर्न सक्नेछन्।

प्रकाशित : 5 June, 2026 12:35 pm