नेको इन्स्योरेन्सद्वारा ३०औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेको इन्स्योरेन्सद्वारा ३०औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न



देशको बीमा बजारमा ३० वर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्सुरेन्स लिमिटेडले आफ्नो सेवा संचालनको गौरवमय ३० वर्ष पुरा गरी जेष्ठ १७ गतेबाट ३१ औं वर्षमा प्रवेश गरेको छ।

नेको इन्सुरेन्स लिमिटेडले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन, ज्ञानेश्वरमा आयोजित उक्त कार्यक्रममा कर्मचारी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममार्फत कुल ५३ पिन्ट रगत संकलन भएको छ । रक्तदान जस्तो मानवीय कार्यमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन योगदान पुऱ्याउने सम्पूर्ण रक्तदाताप्रति कम्पनी हार्दिक आभार व्यक्त गरेकाे छ।

नेपाल मेडिसिटी अस्पतालले रक्तदान कार्यक्रमको प्राविधिक सहयोग गरेकाे थियो । रक्त संकलनका अतिरिक्त, कार्यक्रममा सहभागी कर्मचारी तथा सर्वसाधारणको स्वास्थ्य परीक्षण समेत निःशुल्क रूपमा गरिएको थियो, जसबाट सहभागीहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे प्रारम्भिक जानकारी प्राप्त गरेका थिए

समाजमा रगतको उपलब्धता बढाउन तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न आयोजित यस कार्यक्रमले सामाजिक सेवाप्रति कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित : 5 June, 2026 11:32 am