लगानी गर्दै हुनुहुन्छ ? यी ७ कुरा ध्यानमा राख्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

लगानी गर्दै हुनुहुन्छ ? यी ७ कुरा ध्यानमा राख्नुस्



ठूलो भन्दा सानो ठिक

तपाई प्रति महिना ५ हजार बचाएर १० महिनामा ५० हजार एकै पटक लगानी गर्नु हुन्छ भने यो सहि तरिका भएन । यसको बदलामा तपाइ प्रत्येक महिना ५ हजार सोझै लगानी गर्नुस् । तपाइ प्रति महिना ५ हजार बचत गर्नु हुन्छ । अनि त्यसमा थाेर बहुत ब्याज पनि पाउनु हुन्छ । बचतमा ब्याज अाउछ राम्रो पक्ष हो तर यहाँ खराब पक्ष भनेको कुनै बेला तपाइलाई बिचमा नै खर्च गर्न पैसा चाहिन्छ ।

तपाइले ३ महिनामा ५ -५ हजार बचाएर १५ हजार रुपैयाँ जम्मा गर्नु भयो ।तर, चाैथाे महिना तपाइलाई अावश्यक पर्यो त्यही बचत बाट १० हजार रुपैयाँ खर्च गर्नु भयो तपाइको योजना अनुसार लगानी गर्ने बेला अझै पर धकेलिएको छ । त्यसैले ठूलो भन्दा सानो लगानी नै सहज हुन जान्छ ।

फाइदाको साेख


तपाइ संग जसरी पैसा अाउछ त्यसलाई तुरुन्तै लगानीमा लगाइ हाल्नुस् । तपाइ जागिरे मान्छे हो भने थाेरै थाेरै लगानी गर्नुस् । तर याे न सोच्नुस कि पैसा जम्मा गरेर लगानी गरुमला भनेर ।

बचत हैन लगानी नै गर्नुस्

बचत गर्नु सुरक्षित त हो ।तर, तर यसबाट के रिटर्न अाउछ भन्ने पनि अाकलन गर्न सक्नु पर्छ । तर छाेटो समयको लागि फाइदा भए पनि यसबाट अाउने प्रतिफलले तपाइलाई सन्तुष्टि भने दिदैन । त्यसैले लामो समय सम्म प्रतिफल पाउनेको साथै बच्चाको पढाइ,रिटायर्ड पछि फन्ड जोड्नको लागि सेयर अादीमा लगानी जरुरी छ । यसमा राम्रो रिटर्न पनि अाउछ ।

काम भन्दा बढी पैसा ननिकाल्नुस्

लगानी गरेको रकम ननिकाल्नुस् किनकी तपाइको योजना अनुसार समय सकियो भनेर । तर तपाईले यो ध्यानमा राख्नुस की पैसा निकाल्दै गर्दा तपाई त्यो रकमले कुनै इच्छा पुरा गर्न लाग्दै हुनुहुन्छ । जहा लगानी गर्नु भएको छ त्यसको पैसा ननिकाल्नुस । किन कि यसो गर्दा तपाइको रिटर्न बढ्दै जानेछ ।

अाम्दानी बढ्यो त लगानी बढाउनुस्

तपाइको अाम्दानी बढ्दै गएको भए लगानी बढाउन जरुरी छ । यसले तपाइलाई भविष्यमा मह‌ंगी विरुद्ध लड्ने क्षमता बढाउछ ।

पुरानो कुरालाई लगानीको अाधार नबढाउनुस

अधिकांश मानिसहरु पुरानो प्रदर्शनको कुरालाई अाधार मानेर शेयर बजारलाई भविष्यमा मिल्ने रिटर्नलाई अाधार बनाएका हुन्छन । यस्तो अवस्थामा बजारको गतिबिधी राम्रो छ र भ्यालुएसन अाैसत माथी हुन सक्छ त्यस कारण तपाइ क्षमता भन्दा पनि बढी लगानी गर्न थाल्नु हुन्छ । यो गलत कुरा हो । राम्रो रणनिती यही हो की तपाइ बजारको पुरानो प्रदर्शनको साटो तत्कालका रणनितीहरु बनाउनुस र समय समयमा अाफ्नो पोर्टफोलियो व्यालेनसमा राख्न सक्नु हुने छ ।

प्रतिक्षाको फल मिठो हुन्छ

तपाइ संग धैर्य राख्ने क्षमता छ भने लगानीको लागि उत्तम माध्यम बन्न सक्छ । हरेक महिना ५००० लगानी गर्नुस अनि त्यसमा १२ प्रतिशत ब्याज एक बर्षमा तपाइको साथमा ६३४१३ रुपैयाँ हुन जान्छ । मतलब ६० हजार रुपैयाँ लगाउनाले ६ प्रतिशत ब्याज मिल्छ । त्यो अाउदो सालमा बढेर ३६ प्रतिशत जति हुन अाउछ । अनि ३ लाख रुपैयाँ लगानी गर्दा ४.०८ लाख रुपैयाँ अाउछ । यही अवसथामा १० बर्ष सम्म लगानी गर्दा व्याजको दर ९२ प्रतिशत भन्दा बढी पुग्न सक्छ । तपाइले ६ लाख लगानी गरे११.५ लाख रुपैयाँ मिल्छ । त्यसकारण 5000 रुपैयाँ लगानी गर्नको मन बनाउन अावश्यक छ । अन्तराष्टिय सञ्चार माध्यमको सहयोगमा

प्रकाशित : ५ असार २०७४, सोमबार ०६:५३