काठमाडौं । विश्वकै अग्रणी राइड शेयरिङ प्लेटफर्म उबरले आगामी जेठ २२ गतेदेखि नेपालमा आफ्नो औपचारिक सेवा सुरु गर्ने भएको छ । कम्पनीले सोही दिन पत्रकार सम्मेलन आयोजना गरी नेपालमा आफ्नो व्यावसायिक यात्रा र आगामी योजनाहरूबारे जानकारी दिने तयारी गरेको छ ।
यस विशेष प्रयोजनका लागि उबरका राइड्स एप्याकका उपाध्यक्ष तथा क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलर नेपाल आउने कार्यक्रम तय भएको छ । नेपालमा आफ्नो दह्रो उपस्थिति जनाउन उबरले स्थानीय राइड शेयरिङ कम्पनी ‘ट्याक्सीमाण्डो’ सँग रणनीतिक साझेदारी गरेको छ ।
यो साझेदारीअनुसार ट्याक्सीमाण्डोले नेपालमा उबरको ‘ब्याक–अफिस पार्टनर’का रूपमा काम गर्नेछ । यो सम्झौतासँगै ट्याक्सीमाण्डोमा आबद्ध रहेका चालकहरू अब स्वतः उबरको नेटवर्कमा पनि जोडिनेछन् । यसअघि ट्याक्सीमाण्डोले अर्को अन्तर्राष्ट्रिय राइड शेयरिङ कम्पनी ‘यांगो’का लागि पनि यस्तै किसिमको ब्याक–अफिस सेवा प्रदान गरेको थियो ।






Comment