काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले रिपोर्टिङमा खटिएका संसदीय पत्रकारहरुले भोग्नुपरेको कठिनाइबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रातदिन नभनी जनतालाई सूसुचित गर्ने कर्ममा लागेका संसदीय पत्रकारहरुलाई कम्तिमा तिर्खा लाग्दा पानी पिउन पाउने र बाथरुम जान पाउने व्यवस्था गर्न सरकारसँग माग गरे ।
उनले भने,‘संसदीय मामिलामा रिपोर्टिङमा खटिएका पत्रकार साथीहरुको गेट बाहिरको दुःख र हरिबिजोग देखेर मन खिन्न भएको छ । रातदिन नभनेर जनतालाई सुसूचित गर्ने कर्ममा लागेका संसदीय पत्रकार साथीहरुलाई कम्तिमा तिर्खा लाग्दा पानी पिउने र पिसाब लाग्दा वासरुम जान पाउने व्यवस्था गरियोस् ,म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
त्यस्तै,उनले संसदभवन बाहिर देखिएको पत्रकारलाई पानी पर्दा क्यामेरा लुकाउन र घाम लाग्दा टाउको लुकाउन हम्मेहम्मे हुने अवस्था अन्तर्राष्ट्रिय जगतमा पनि लाजै हुने विषय रहेको बताए । ‘पानी पर्दा क्यामरा जोगाउन र घाम लाग्दा टाउको लुकाउन हम्मेहम्मे भएको छ । अन्तर्राष्ट्रिय जगतमा पनि लाजै हुनेगरी पत्रकार साथीहरुलाई दुःख नदिन सदनको ध्यानाकर्षण गराउन चाहन्छु,’उनले भने ।






Comment