खेतीको मुख्य समयमा मल–बीउ अभाव हुँदा कृषि पेशानै संकटमा : सांसद लामीछाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थ राजनीति

खेतीको मुख्य समयमा मल–बीउ अभाव हुँदा कृषि पेशानै संकटमा : सांसद लामीछाने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । प्रतिनिधिसभाका सांसद अचुतम लामीछानेले देशभरका किसानहरू खेती गर्ने मुख्य समयमा मल, बीउ–बिजन तथा आवश्यक कृषि औजारको अभाव झेलिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले समयमै मल र बीउ उपलब्ध हुन नसक्दा कृषि उत्पादन घट्ने जोखिम बढेको बताएका हुन् । उनले कृषि पेशा नै संकटमा पर्ने बताए ।
उनले भने, ‘देशका किसानहरू खेती गर्ने मुख्य समयमा मल बिउ बीजन र आश्वयक कृषि अ‍ैजारको अभावमा छन् । समयमै मल नपाउँदा उत्पादनमा ह्रास आउने साभावना छ । किसान निराश भइरहेका छन् । कृषि पोशानै संकटका परेको छ ।’

किसानले आफ्नै खेतमा उत्पादन गरेका वस्तु खेतदेखि उपभोक्ताको पेटसम्म पु¥याउन ठूलो संघर्ष गर्नुपरेको उनले उल्लेख गरे । उनले किसानको श्रम र योगदानको सम्मान गर्न सरकारसँग माग गरे ।

उनले भने, ‘आफ्नो जग्गामा उत्पादन बस्तु खेत देखी पेट सम्म पुयाउनको लागी आफ्नो गोठका उत्पादन भएका उत्पादित बस्तु गोठ देखी ओठ सम्म पु¥याउनलागि दुख गर्ने कृषकलाई सम्झोर सरकार सँगै माग गर्दछु ।’

उनले कृषि प्रयोजनका औजार तथा कृषि मालवाहक सवारी साधन खरिद गर्दा भन्सार शुल्कमा शून्य करको व्यवस्था गरी किसानमैत्री वातावरण निर्माण गर्न आग्रह गरे ।

उनले भने, ‘कृषि क्षेत्रमा प्रयोजन हुने कृषि औजार र कृषि मालवाहक सवारी साधन खरिद गर्न भन्सार सुल्क मा शून्य करको व्यवस्था गरी किसान मैत्री वातावरण गरियोस् ।’

प्रकाशित : ४ जेष्ठ २०८३, सोमबार १२:५७ 18 May, 2026 12:57 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।