काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले आज शेयर बाँडफाँड गरेको हो।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा गत वैशाख १६ गतेदेखि २२ गतेसम्म ७९ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। यसमा ९० हजार ८५५ जनाको आवेदन परेकोमा ९० हजार ८२० जनाको मात्रै आवेदन स्वीकृत भएको छ।
मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोलाप्रथाविधिद्वारा आईपीओ बाँडफाँड गरिएको छ। बाँडफाँडमा ७ हजार ९०० जना आवेदकले १०–१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ।






Comment