काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीले वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँका दरले ३४ लाख ७४ हजार ९०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर २७ लाख ६८ हजार ७४३ जनाको आवेदन परेकोमा २७ लाख ३० हजार ९८७ जनाको आवेदन मात्र स्वीकृत भएको छ।
माग भन्दा बढी मात्रामा आवेदन परेपछि गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँड गरिएको छ। बाँडफाँडमा ३ लाख ४७ हजार ४९० जना भाग्यशाली आवेदकले १०–१० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ।






Comment