बैशाख २४ देखि ‘सानिमा इक्विटी फण्ड–२’ बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बैशाख २४ देखि ‘सानिमा इक्विटी फण्ड–२’ बिक्रीमा



काठमाडौं । सानिमा क्यापिटल लिमिटेड ले बैशाख २४ गतेदेखि ‘सानिमा इक्विटी फण्ड–२’ निष्काशन गर्ने भएको छ। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो १० वर्षे बन्दमुखी योजना हो।

कम्पनीले प्रतिइकाई १० रुपैयाँ दरमा १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई बिक्रीमा ल्याउन लागेको छ। कुल इकाईमध्ये १३ प्रतिशत (१ करोड ३० लाख) इकाई कोष प्रवर्द्धक सानिमा बैंक लिमिटेड लाई सुरक्षित गरिएको छ भने २ प्रतिशत (२० लाख इकाई) योजना व्यवस्थापकका लागि छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले बैशाख २९ गतेसम्म आवेदन दिन सक्नेछन्। माग पूरा नभएमा अवधि जेठ ७ गतेसम्म लम्बिनेछ। न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ।

आवेदन नेपाल धितोपत्र बोर्ड बाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो शेयर प्रणाली प्रयोग गरेर अनलाइन पनि दिन सकिनेछ।

प्रकाशित : 27 April, 2026 12:11 pm