हिमालयन रि इन्स्योरेन्सका चार सञ्चालकको राजीनामा स्वीकृत, नयाँ सदस्य नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन रि इन्स्योरेन्सका चार सञ्चालकको राजीनामा स्वीकृत, नयाँ सदस्य नियुक्त



काठमाडौं । हिमालयन रि इन्स्योरेन्सका चारजना संचालकले राजिनामा दिएका छन् । कम्पनीका संचालक अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र शुभाष कुमार झुनझुनवालाले दिएको राजिनामा वैशाख ४ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।

साथै आगामी वार्षिक साधारण सभासम्मका लागि कम्पनीको संचालकमा कालिका फिन्कोर्प प्रा.लि.को तर्फबाट प्रतिनिधित्व गर्ने दिपक कुमार मिश्र र स्वतन्त्र संचालकमा आशिष चन्द्र न्यौपानेलाई नियुक्त गरिएको छ ।

प्रकाशित : 21 April, 2026 2:42 pm