सांसद हमालको प्रश्न : प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट आएका सांसदहरूबीच किन विभेद ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थतन्त्र

सांसद हमालको प्रश्न : प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट आएका सांसदहरूबीच किन विभेद ?

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रत्येक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आएका सांसदहरूबीच विभेद रहेको बताएकी छिन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन शाहले प्रत्यक्ष निर्वाचित सांसदहरूसँग मात्रै भेटेर विकास निर्माणको कुरा राख्ने अवसर दिएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

उनले भनिन्, प्रत्येक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आएका सांसदहरूबीच किन विभेद ? प्रधानमन्त्री ज्यूबाट प्रत्यक्ष निर्वाचित सांसदहरूलाई भेटेर विकास निर्माणको कुरा राख्ने अवसर दिनुभएको सुन्नमा आएको छ। तर समानुपाति निर्वाचन प्रणालीबाट आएकाहरूलाई त्यो अवसरबाट किन वञ्चित गरियो ?’

प्रकाशित : २५ चैत्र २०८२, बुधबार १३:५८ 8 April, 2026 1:58 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।