काठमाडौं । नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका-४ स्थित टाइम फर्मास्युटिकल्स लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बीच सम्झौता भएको छ। कम्पनी र नेप्सेबीच शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्न सम्झौता भएको हो ।
सम्झौतामा नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईं र टाइम फर्मास्युटिकल्स लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदर्शन लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। सो अवसरमा कम्पनीको तर्फबाट कम्पनी सचिव अधिवक्ता सुदिप घिमिरे र शेयर बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्टको तर्फबाट मनोहर कँडेलको उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार बुक बिल्डिङ निर्देशिका अनुसार शिलबन्दी बोलपत्र दर्ता गर्ने, बोलपत्र खोल्ने र सोको निर्णय गर्ने कार्य गर्नको लागि नेप्सेले सहजीकरण गर्नेछ ।
टाइम फर्मास्युटिकल्स लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम नेप्सेले धितोपत्र सम्बन्धि प्रचलित कानूनको अधिनमा रही संगठित संस्थाले जारी गर्न लागेको प्रतिशेयर अंकित मूल्य रु.१०० दरको ४,३४,६०० कित्ता साधारण शेयर बुक बिल्डिङ विधिमार्फत योग्य संस्थागत लगानीकर्ताहरुको लागि बुक बिल्डिङ निर्देशिकाअनुसार शिलबन्दी बोलपत्र दर्ता गर्ने, बोलपत्र खोल्ने र सोको निर्णय गर्ने कार्य गर्नको लागि नेप्सेले सहजिकरण गर्नेछ ।
धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम नेप्सेले धितोपत्र सम्बन्धि प्रचलित कानूनको अधिनमा रही संगठित संस्थाले जारी गर्न लागेको प्रतिशेयर अंकित मूल्य रु. १०० दरको ४,३४,६०० कित्ता साधारण शेयर बुक बिल्डिङ बिधि मार्फत योग्य संस्थागत लगानीकर्ताहरुको
टाइम फर्मास्युटिकल्स लिमिटेडले रु. १० करोड ८६ लाख ५० हजार रकम बराबरको १० लाख ८६ हजार ५०० कित्ता साधारण शेयर बुक बिल्डिङ बिधि मार्फत निष्काशन गर्ने तयारी गरेको छ । उक्त शेयर मध्ये ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत शेयर सर्वसाधारणको लागि सार्वजनिक निष्काशनद्वारा बिक्री गरिने कम्पनीले जनाएको छ । उक्त शेयर जारी पश्चात् कम्पनीको चुक्ता पूँजी ५३ करोड रुपैयाँ हुनेछ ।
टाइम फर्मास्युटिकल्स लिमिटेड विगत ३० वर्षदेखि नवलपरासी जिल्लाको गैंडाकोट नपा वडा नं ४ मा केन्द्रीय कार्यालय तथा गैंडाकोट न.पा वडा नं १० मा उत्पादन प्लान्ट (उद्योग) साथै ललितपुर सातदोवाटोमा मार्केटिङ कार्यालय स्थापना गरी करिब ३०० जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिई करिब २०० भन्दा बढी गुणस्तरीय औषधीहरु उत्पादन गरिरहेको ध्ज्इ(न्ःए प्रमाणित कम्पनी हो ।






Comment