समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित ३ जनाको राजीनामा स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित ३ जनाको राजीनामा स्वीकृत



समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र दुई जना विज्ञ सदस्यको राजीनामा स्वीकृत भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यद्वय ललितकुमार महर्जन र ध्रुव आचार्यले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राजीनामा पेश गरेका थिए ।

सरकारले उनीहरुलाई २०८१ साल वैशाख २० गते दुई वर्षका लागि नियुक्त गरेको थियो । कार्यकाल बाँकी रहँदै उनीहरुले राजीनामा दिएका हुन् ।

प्रकाशित : 7 April, 2026 3:32 pm