काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गरेको हो ।
अर्थ मन्त्रालयले गरेको प्रस्तावमा उनलाई डेपुटी गभर्नर नियुक्त गरिएको हो ।
पण्डित विसं २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका हुन् ।






Comment