काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई शुक्रबार नियन्त्रणमा लिएको छ। हालै पक्राउ परेका विवादास्पद व्यवसायी दिपक भट्टसँगको शंकास्पद आर्थिक कारोबार र व्यावसायिक सम्बन्धलाई लिएर अग्रवाल प्रहरीको ‘रडार’मा परेका हुन्।
भट्टले शंकर ग्रुपका लागि लामो समयदेखि परामर्शदाताका रूपमा काम गर्दै आएका थिए। विशेषगरी भट्टको बैंक खातामा जगदम्बा स्टिलबाट आएको करिब ४५ करोड रुपैयाँको स्रोत नखुलेको र उक्त रकम ‘लेयरिङ’मार्फत व्यवस्थापन गरिएको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन तीव्र पारेको छ।
भट्टको पक्राउपछि उनीसँग निकट मानिने अन्य ठूला व्यवसायीहरूमाथि पनि निगरानी बढाइएको छ। सोही सिलसिलामा अग्रवाललाई नियन्त्रणमा लिइएको स्रोतले जानकारी दिएको छ।






Comment