सिन्धुली अस्पतालमा बिरामीलाई राष्ट्रिय सहकारी दिवसको अवसरमा फलफूल वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिन्धुली अस्पतालमा बिरामीलाई राष्ट्रिय सहकारी दिवसको अवसरमा फलफूल वितरण



सिन्धुली । “उद्यमशीलता र पारदर्शिता : सहकारीको प्राथमिकता” भन्ने थिमका साथ ६९औँ राष्ट्रिय सहकारी दिवस २०८२ को अवसरमा राष्ट्रिय सहकारी बैंक लिमिटेड, सिन्धुली शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जिल्ला अस्पताल सिन्धुलीमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ। शाखा प्रमुख मिनिता पौडेलका अनुसार, स्वास्थ्य लाभको कामना गर्दै यस वर्ष कुल ४० जना बिरामीहरूलाई फलफूल वितरण गरिएको हो।

उनले कार्यक्रमका क्रममा बिरामीहरूको स्वास्थ्य लाभ र शीघ्र स्वस्थ्य हुने शुभकामना व्यक्त गरिन। कार्यक्रममा जिल्लास्थित सहकारीकर्मीहरू, बैंकका कर्मचारीहरू, अस्पतालका स्वास्थ्यकर्मीहरू साथै बिरामीहरूले सक्रिय सहभागिता जनाएका थिए। शाखाले प्रत्येक वर्ष राष्ट्रिय सहकारी दिवसको अवसरमा अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गर्दै आएको जनाएको छ।

शाखा प्रमुख पौडेलले सामाजिक उत्तरदायित्व कार्यहरूलाई निरन्तरता दिन प्रतिबद्धता व्यक्त गर्दै सहकारीहरूले समुदायमा सकारात्मक प्रभाव पार्ने कार्यमा जोड दिनुपर्ने बताइन।

प्रकाशित : 3 April, 2026 4:18 pm