काठमाडौं। याम्वालिङ हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बुधबार बाँडफाँड गरिएको हो।
कम्पनीले कुल २ लाख १० हजार कित्ता सेयर निष्कासन गरेको थियो। यस निष्कासनमा कुल ८३ हजार ३ सय ९६ जना योग्य आवेदकहरूबाट १० लाख ९६ हजार २ सय ९० कित्ताका लागि आवेदन परेको थियो। जुन माग गरिएको भन्दा ५.२२ गुणा बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा मार्फत सेयर बाँडफाँड गरिएको छ। जसअनुसार कुल योग्य आवेदकमध्ये २१ हजार जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने बाँकी ६२ हजार ३ सय ९६ आवेदकको हात खाली भएको छ।
निष्कासन विवरण कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल २ करोड १० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गरेको थियो।उक्त सेयर निष्कासन २०८२ चैत ८ गतेदेखि खुलेर चैत ११ गते बन्द भएको थियो।
यस बाँडफाँड मोड्युलका अनुसार कुल ८३,४२० आवेदकहरूमध्ये ६ जनाको आवेदन र ७० कित्ता सेयर रद्द भएको छ ।






Comment